डाबरले ल्यायो ३५ देखि १५० रुपैयाँसम्मको ‘रियल पेट’ « Khabarhub

डाबरले ल्यायो ३५ देखि १५० रुपैयाँसम्मको ‘रियल पेट’


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रुट जुसको विधामा डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ ।

रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले उपभोक्तालाई नवीनतम उत्पादनबाट खुसी राख्ने यो एक प्रयास भएको बताएका छन्।

डाबर नेपालका मार्केटिङ्ग प्रमुख अभय प्र. गोर्खालीले जुस बजारमा अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारित गरी नयाँ आकर्षक स्वरुपमार्फत स्वादिलो फ्रुट जुस ल्याइएको बताए ।

रियल पेटलाई टेस्ट द फन ट्यागलाइनका साथ स्वादिलो/टेस्टी र फन जुसको रुपमा परिचित गरिएको छ । नयाँ पेट २०० एमएल, ५०० एमएल र १ लिटर बोतलमा बजारमा आएको छ । यसको मूल्य क्रमशः ३५, ८५ र १५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ८ : १७ बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण