रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव « Khabarhub

रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने इयूको प्रस्ताव


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपियन युनियन (ईयू)ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । यूरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धलाई प्रतिबन्ध लगाउने सहितका कडा कदम चाल्ने प्रस्ताव गरेको बीबीसीले जनाएको छ । तर, यो पस्ताव यूरोपेली संघका सदस्य राष्ट्रहरूबीच सहमति भएपछि मात्र लागू हुनेछ ।

रुस र युक्रेनबीच युद्ध चर्किएपछि यूरोपियन देशले रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यूरोपका अधिकांश देशले रुसको इन्धन चलाउँदै आएका थिए । युक्रेनमाथि दमन गरेको भन्दै यूरोपियन राष्ट्र रुससँग रुष्ट बनेका छन् ।

रुस र युक्रेनबीच केही महिनायता तनाव जारी छ । छोटो समयमा टुंगिने अनुमान गरिएको तनाव लामो समयसम्म जारी हुँदा यसको प्रभाव विश्व बजारमा देखिन थालेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : ५४ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ