गठबन्धनका उम्मेदवारको प्रतिवद्धता पत्र : जीतपुरसिमरा उपमहानगरपालिकामा भ्रष्टाचार हुन् नदिने संकल्प   « Khabarhub

गठबन्धनका उम्मेदवारको प्रतिवद्धता पत्र : जीतपुरसिमरा उपमहानगरपालिकामा भ्रष्टाचार हुन् नदिने संकल्प  



काठमाडौँ– पाँच दलीय गठबन्धनका उम्मेदवारले जीतपुरसिमरा उपमहानगरपालिकाका लागि आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । 

बुधबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी गठबन्धनका उम्मेदवारले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । नेपाली कांग्रेसका नगर सभापति छविलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम गठबन्धनका उम्मेदवारहरू प्रमुख पदका प्रत्यासी राजन पौडेल र उपप्रमुख पदका प्रत्यासी मेघा शाहीले घोषणापत्र एउटा नमुना मात्रै भएको र यो भन्दा धेरै राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे ।

‘हाम्रो योजना हल्ला गर्ने भन्दा पनि काम गर्ने छ । त्यसैले हामी अहिले धेरै बोल्न चाहदैनौँ’ प्रमुख पदका उम्मेदवार पौडेलले भने । विद्यार्थी राजनीति मार्फतनै स्थानीय तहमा चिनिएकी उप प्रमुख पदकी उम्मेदवार शाहीले घोषणा पत्र भन्दा बढी काम हुनेमा विश्वत हुन् आग्रह गरिन् । ‘हामीले अहिले स्थानीयले पत्याउने बुँदाहरूलाई मात्र समेटेका छौँ । हाम्रो योजना यतिमै सीमित छैन । हामीले राजनीतिज्ञको रुपमा गर्दै आइरहेको गतिविधिले पनि त्यसको झल्को दिएको हुनुपर्छ’ उप– प्रमुख पदकी उम्मेदवार शाहीले भनिन् । 

सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा प्रशासन व्यवस्थापन, कर प्रणाली, पर्यटन तथा संस्कृति, नगर प्रहरी तथा सुरक्षा व्यवस्थापन, समाज कल्याण, युवा खेलकुद तथा रोजगार, सूचना प्रविधि, वन तथा पर्यावरण, कृषि प्रवर्द्धन, शिक्षा तथा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, खानेपानी तथा सरसफाइ, बाटोघाटो तथा सडक सञ्चालन, औद्योगिक करिडोर व्यवस्थापन, गरिव तथा भूमिहीन व्यवस्थापन, सहकारी तथा संघ संस्था व्यवस्थापन र महिला तथा बालबालिकाको क्षेत्रलाई विशेष जोड दिइएको छ । 

प्रतिवद्धता पत्र सार्वजनिक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दिनेश राई, मधेश प्रदेशका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, नेपाली काङ्ग्रेसकी महिला नेतृ नारायणी रायमाझी निरू, नेकपा माओवादी केन्द्रका हरि चौलागाइँ, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष कृष्ण खनाल नेपाली कांग्रेसका जिल्ला नेता राधादेवी साह, हरि थपलिया, पर्यटन अभियन्ता मोहन लामिछानेलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : २८ बजे

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई

बजेटमा कोशी : भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता, निजी क्षेत्र पनि उत्साहित

विराटनगर – आगामी आर्थिक वर्षको बजेटमा कोशी प्रदेशलाई विशेष प्राथमिकता

स्वास्थ्यमा बजेट बढ्यो, तर हिस्सेदारी घट्यो : यी हुन् प्राथमिकतामा परेका २५ बुँदा

काठमाडौं – सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य तथा

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको