लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर « Khabarhub

लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म  ‘डक्टर स्ट्रेन्ज–इनमल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ । 

No description available.

मार्भलको पछिल्लो फिल्म  ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यसै फिल्मको वर्ल्ड प्रिमियर गत मंगलबार अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ ।

No description available.

प्रिमियरको तस्बिहरूलाई यसका मुख्य पात्रहरूले सामाजिक सञ्जालमा पोस्ट्याएका छन् । ट्रेलर झैँ फिल्म हेर्नेले यसलाई हरर शैलीको फिल्म समेत भनेका छन् । 

No description available.

सामुएल मार्शल राइमी निर्देशित ‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ बेनेडिक्ट कुम्बरब्याचसँगै चिवेटोल इजोफोर, बेनेडिक्ट वङ लगायतको मुख्य भूमिका छ । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरू बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहित उपस्थित रहे । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्ज पात्रको भूमिका निर्वाह गरेका छन् । मल्टिभर्स काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । 

No description available.

यसका लागि मर्भालले वेब सिरिज ‘वान्डा भिजन’ र फिल्म ‘स्पाइडर म्यान : नो वे होम मै मल्टिभर्सको संसारलाई चिनाएको थियो । त्यहीँ छिटपुट कथालाई फिल्ममा निरन्तरता दिइएको छ । मार्भल सिनेम्याटिक युनिभर्सका सदस्यहरू आइरन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडो नरहेपछि पुराना सदस्यहरूलाई दर्शकको अपार माया प्राप्त भइरहेको छ । 

No description available.

यसको पछिल्लो उदाहरण स्पाइडर म्यानले पाएको दर्शकको साथ पनि हो । पछिल्लो समय मार्भलले ‘मुन नाइट’ लाई समेत सिरिजबाट दर्शक समक्ष ल्याएको छ । यो मार्भलको पछिल्लो सुपर हिरो हो । 

No description available.

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ४६ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ