लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर | Khabarhub Khabarhub

लस एन्जल्समा ‘डक्टर स्ट्रेन्ज-२’ को वर्ल्ड प्रिमियर


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेनेडिक्ट कुम्बरब्याच अभिनीत सुपरहिरो फिल्म  ‘डक्टर स्ट्रेन्ज–इनमल्टिभर्स अफ म्याडनेस’ चर्चामा छ । 

No description available.

मार्भलको पछिल्लो फिल्म  ‘स्पाइडर म्यान : नो वे होम’ मा नै फिल्मको कथाको बारेमा दिइएको हिन्टले फिल्मलाई प्रतीक्षित बनाइरहेको छ । यसै फिल्मको वर्ल्ड प्रिमियर गत मंगलबार अमेरिकी सहर लस एन्जलसमा सम्पन्न भएको छ ।

No description available.

प्रिमियरको तस्बिहरूलाई यसका मुख्य पात्रहरूले सामाजिक सञ्जालमा पोस्ट्याएका छन् । ट्रेलर झैँ फिल्म हेर्नेले यसलाई हरर शैलीको फिल्म समेत भनेका छन् । 

No description available.

सामुएल मार्शल राइमी निर्देशित ‘डक्टर स्ट्रेन्ज-इनमल्टिभर्स अफ म्याडनेस’ बेनेडिक्ट कुम्बरब्याचसँगै चिवेटोल इजोफोर, बेनेडिक्ट वङ लगायतको मुख्य भूमिका छ । मार्भल स्टुडियोद्वारा आयोजित प्रिमियरमा कलाकारहरू बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सेनसहित उपस्थित रहे । फिल्ममा अभिनेता बेनेडिक्टले स्टेफन स्ट्रेन्ज पात्रको भूमिका निर्वाह गरेका छन् । मल्टिभर्स काल्पनिक संसारमा प्रवेश गरेपछि डक्टर स्ट्रेन्जले खेप्नुपर्ने चुनौती दोस्रो श्रृंखलाको कथावस्तु हो । 

No description available.

यसका लागि मर्भालले वेब सिरिज ‘वान्डा भिजन’ र फिल्म ‘स्पाइडर म्यान : नो वे होम मै मल्टिभर्सको संसारलाई चिनाएको थियो । त्यहीँ छिटपुट कथालाई फिल्ममा निरन्तरता दिइएको छ । मार्भल सिनेम्याटिक युनिभर्सका सदस्यहरू आइरन म्यान, क्याप्टेन अमेरिका, ब्ल्याक विडो नरहेपछि पुराना सदस्यहरूलाई दर्शकको अपार माया प्राप्त भइरहेको छ । 

No description available.

यसको पछिल्लो उदाहरण स्पाइडर म्यानले पाएको दर्शकको साथ पनि हो । पछिल्लो समय मार्भलले ‘मुन नाइट’ लाई समेत सिरिजबाट दर्शक समक्ष ल्याएको छ । यो मार्भलको पछिल्लो सुपर हिरो हो । 

No description available.

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ४६ बजे

चन्द्र ढकाल लेख्छन्‌ – गहभरी आँशु पारेर टोलाइरहन मन लाग्छ, तर छुट छैन

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआइ) का अध्यक्ष चन्द्रप्रसाद

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी