अप्पर सोलुको आईपीओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ? | Khabarhub Khabarhub

अप्पर सोलुको आईपीओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो ।

आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविस)का बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै एनएमबि बैंक र लक्ष्मी बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यलयबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ४५ बजे

शेन्ज्होउ–२० अन्तरिक्ष यात्रीहरू बेइजिङ फर्किए

एजेन्सी– ‘शेन्ज्होउ–२०’ मिशनको सफलतापूर्वक समापनपछि, तीनजना अन्तरिक्ष यात्री शुक्रबार विमानमार्फत

विकास–निर्माणका गतिविधि रोकिनु हुँदैन : सभामुख घिमिरे

सुरुङ्गा– सभामुख देवराज घिमिरेले मुलुकमा  विकास–निर्माणका गतिविधि रोकिन नहुने बताएका

एमाले संकटबाट भाग्ने होइन, सामना गर्ने पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले संकटबाट भाग्ने होइन

मुख्यमन्त्री यादवको आरोप- केही दलले आफू मधेशवादी रहेको झुटा नाटक गर्दैछन्

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले केही दलले आफूलाई मधेशवादी

गाजामा भारी वर्षापछि विस्थापित परिवार प्रभावित, संयुक्त राष्ट्रको उद्धार प्रयास जारी

एजेन्सी– गाजामा शुक्रबार परेको भारी वर्षापछि  हजारौं विस्थापित परिवार प्रभावित