विभिन्न मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ « Khabarhub

विभिन्न मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अवैध लागूऔषध गाँजा मुद्दाका फरार प्रतिवादी धनकुटा साँघुरीगढी गाउँपालिका–८ बस्ने ३९ वर्षीय झगेन्द्र राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१८ स्थित ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले गत चैत ३० गते राति को.१ च ५३१८ नम्बरको पिकअप गाडीबाट १ सय २० केजी गाँजा बरामद गरेको घटनामा उनी फरार रहेका थिए ।

गाडीका चालक राईलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुनसरी धरानबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट लागूऔषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

झुटा बिबरण पेश गरी नागरिकता लिन खोजेको मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका–५ ठेगाना भएका ४१ वर्षीय शुसान्त चौधरी भन्ने शुसान्त कर्मकारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सर्बोच्च अदालतले २०६९ असोज १६ गते उनलाई ३ वर्ष कैद सजाय ठहर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी डाँका मुद्दाका फरार प्रतिवादी बुद्दशान्ति गाउँपालिका–७ ठेगाना भएका ३३ वर्षीय अञ्जु तामाङ भन्ने अजय तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाले २०६८ माघ १५ गते डाँका मुद्दामा उनलाई ६ वर्ष कैद र ३ हजार रूपैयाँ जरिवाना सजाय सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ५४ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ