ओटीटी विकेन्ड : झुण्ड र थार « Khabarhub

ओटीटी विकेन्ड : झुण्ड र थार


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात ओटीटीका लागि पनि कन्टेनमा राम्रो लगानी हुने गरेका छन् । 

दर्शकको आकर्षण बढेको थाहा पाएपछि लगानीसँगै बलिउडका ठूला स्टारहरुले ओटीटीमा कन्टेनको लागि आफ्नो समय दिन थालेका छन् ।

 केही समय अगाडिसम्म सानो पर्दा भनिने ओटीटी प्लेटफर्म अहिले दर्शकको रोजाइ बनेका छन् । यसैले गर्दा पछिल्लो समय ओटीटीमा पनि हल झैँ विकेन्डमा कन्टेन आउने गरेका छन् ।

झुण्ड

फिल्म ‘झुण्ड’ गत मार्चमै प्रदर्शनमा आएको फिल्म हो । भारतमा सुकुम्बासी बस्ती केन्द्रित भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’ को आकर्षण भनेकै अमिताभ बच्चन र निर्देशक नागराज मञ्जुले हुन् । अमिताभको फ्यान फ्लोईङ चर्चा गर्नै पर्दैन भने नागराजले ‘सैराट’ जस्तो मराठी फिल्म निर्देशन गरेर आफ्नो प्रतिभा प्रस्ट्याइसकेका छन्। मराठी फिल्म निर्देशन गर्दै आफ्नो करियर अगाडि बढाई रहेका नागराजको हिन्दी भाषाको फिल्ममा यो डेब्यु हो ।

‘झुण्ड’ मा विजय बार्सेको भूमिका अमिताभले निर्वाह गरेका छन्। यो उनको जीवनमा आधारित ‘स्पोर्टस् ड्रामा’ फिल्म हो। बार्सेले ‘स्लम सक्कर’ नामक गैरसरकारी संस्था चलाएका थिए। उक्त संस्थाबाट उनले अल्पसंख्यक समुदाय र भारतका सुकुम्बासी बस्तीका युवा तथा बालबालिकाको जीवनमा खेलकुदबाट परिवर्तन ल्याउने काम गरेका थिए। सुकुम्बासी बस्तीमा रहेका उदेश्यहिन युवा तथा बालबालिकालाई खेलको माध्यमबाट जीवनमा परिवर्तन ल्याउने कथालाई फिल्ममा देखाइएको छ।हाल 

बक्सअफिसमा राम्रो कलेक्सन गर्न नसकेको फिल्मले ओटीटीमा दर्शकको साथ् पाउने अपेक्षा गरिएको छ । फिल्मलाई जी फाइभमा आउँदो मे ६ अर्थात शुक्रबार रिलिज गरिदैछ । 

थार 

अनिल कपूरको अभिनयसँगै निर्माण रहेको फिल्म ‘थार’ यही शुक्रबार अर्थात् मे ६ मा प्रदर्शन हुँदैछ ।  थ्रिलर जनराको ‘थार’ बदलामाको कथामा आधारित छ । सँगै उनका छोरा हर्षबर्धन कपूरको मुख्य भूमिका रहेको छ । पश्चिमी नोयर शैलीबाट प्रभावित  ‘थार’ मा ८० दशकको कथा छ । यसमा सिद्धार्थ अर्थात् हर्षबर्धन कपूर रोजगारीका लागि पुष्करमा पुगेपछि आफ्नो विगतको बदला लिनका लागि यात्रामा निस्कन्छन् ।

यो थ्रिलर फिल्ममा अनिल र हर्षबर्धनसँगै फातिमा सना शेख र सतिश कौशिकको पनि मुख्य भूमिका रहेको छ । ‘थार’ लाई राज सिंह चौधरीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । अनिल कहाँ यो फिल्मको प्रस्ताव छोराले लागेका थिए ।’छोराले फिल्म राम्रो छ । तपाइँले अभिनय गर्नुस् भनेर ल्यायो । पछि निर्माता समेत बनायो’ अनिलले एक सो मा भने । 

यसका साथै मे ६ मै सोनी लिभमा नासिर , अमेजन प्राइम भिडियोमा सानी कायधाम , सोनी लिभमा पेट पुराण लगायतका सिरिजहरु पनि प्रदर्शन हुदैछ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १ : ५१ बजे

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ