मारिउपोलको एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त « Khabarhub

मारिउपोलको एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त शुरु भएको छ । एजोभस्तल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डरले भीषण भिडन्त शुरु भएको जानकारी दिएका हुन् ।

बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएअनुसार रुसी फौजले एजोभस्तल क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन् । सो क्षेत्रमा रहेको एजोभ रेजिमेन्टका कमाण्डर डेनिस प्रोकोपेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै आफूहरु ‘कठिन घमासान युद्ध’ लडिरहेको बताएका छन् ।

‘दुश्मनको दबाबलाई मत्थर पार्न मेरा सैनिकहरुले गरेको असामान्य प्रयासप्रति मलाई गर्व छ । अवस्था अत्यन्त कठिन छ ।’ प्रोकोपेन्कोलाई उद्धृत गर्दै गार्जियनले जनाएको छ ।

यसअघि बुधबार युक्रेनको सत्तारुढ पार्टीका संसदीय नेता डेभिड अराखामियाले रेडियो फ्रि युरोप/रेडियो लिबर्टीलाई रुसी फौजले एजोभस्तल क्षेत्रमा प्रवेश गरेको बताएका थिए । यद्यपि उनले सो क्षेत्रमा रहेका युक्रेनी फौजसँग सरकार नियमित सम्पर्कमा रहेको बताएका थिए ।

मारिउपोलको अधिकांश क्षेत्रमा रुसी फौजले कब्जा जमाएपनि एजोभस्तल क्षेत्रमा भने अझै युक्रेनी फौजको पकड रहेको बताइएको छ ।

यता रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने रुसी फौजले एजोभस्तल क्षेत्रमा हमला गरेको विवरणको खण्डन गरेका छन् ।

‘हमला स्थगित गर्न (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले सार्वजनिक रुपमै निर्देशन दिनुभएको छ ।’ उनले भने, ‘कुनै हमला भएको छैन ।’

त्यस्तै, रुसले बिहीबार सबेरै युद्धविराम गर्ने जनाएको छ । युक्रेनी फौजको पकड क्षेत्रमा रहेका सर्वसाधारणको उद्धारका लागि तीन दिने मानवीय करिडोर खोल्नका लागि युद्धविराम गरेको रुसी दाबी रहेको गार्जियनले जनाएको छ ।

‘रुसी सैन्य बलले मे ५, ६ र ७ का दिन (मस्कोको समयअनुसार) ८ बजेबाट ६ बजेसम्म एजोभस्तल धातु कारखानाको भूभागबाट मानवीय करिडोर खोल्नेछ ।’ रुसी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो समयमा रुसी सैन्य बल र डोनेत्स्क जनगणतन्त्रका फौजले एकतर्फी युद्धविराम गर्नेछन् ।’

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मारिउपोलबाट ३४४ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । राष्ट्रका नाममा सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले एजोभस्तल क्षेत्रमा फसेका मानिसहरुलाई उद्धार गर्नका लागि छलफल जारी रहेको समेत जानकारी दिए ।

‘त्यहाँ अझै सर्वसाधारणहरु छन् । महिला बालबालिका ।’ उनले भने ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ०१ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका