मारिउपोलको एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त « Khabarhub

मारिउपोलको एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा भीषण भिडन्त शुरु भएको छ । एजोभस्तल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी फौजका कमाण्डरले भीषण भिडन्त शुरु भएको जानकारी दिएका हुन् ।

बेलायतबाट प्रकाशित हुने द गार्जियनले जनाएअनुसार रुसी फौजले एजोभस्तल क्षेत्रमा आक्रमणलाई तीव्रता दिएका छन् । सो क्षेत्रमा रहेको एजोभ रेजिमेन्टका कमाण्डर डेनिस प्रोकोपेन्कोले सामाजिक सञ्जाल टेलिग्राममा सन्देश जारी गर्दै आफूहरु ‘कठिन घमासान युद्ध’ लडिरहेको बताएका छन् ।

‘दुश्मनको दबाबलाई मत्थर पार्न मेरा सैनिकहरुले गरेको असामान्य प्रयासप्रति मलाई गर्व छ । अवस्था अत्यन्त कठिन छ ।’ प्रोकोपेन्कोलाई उद्धृत गर्दै गार्जियनले जनाएको छ ।

यसअघि बुधबार युक्रेनको सत्तारुढ पार्टीका संसदीय नेता डेभिड अराखामियाले रेडियो फ्रि युरोप/रेडियो लिबर्टीलाई रुसी फौजले एजोभस्तल क्षेत्रमा प्रवेश गरेको बताएका थिए । यद्यपि उनले सो क्षेत्रमा रहेका युक्रेनी फौजसँग सरकार नियमित सम्पर्कमा रहेको बताएका थिए ।

मारिउपोलको अधिकांश क्षेत्रमा रुसी फौजले कब्जा जमाएपनि एजोभस्तल क्षेत्रमा भने अझै युक्रेनी फौजको पकड रहेको बताइएको छ ।

यता रुसी प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने रुसी फौजले एजोभस्तल क्षेत्रमा हमला गरेको विवरणको खण्डन गरेका छन् ।

‘हमला स्थगित गर्न (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनले सार्वजनिक रुपमै निर्देशन दिनुभएको छ ।’ उनले भने, ‘कुनै हमला भएको छैन ।’

त्यस्तै, रुसले बिहीबार सबेरै युद्धविराम गर्ने जनाएको छ । युक्रेनी फौजको पकड क्षेत्रमा रहेका सर्वसाधारणको उद्धारका लागि तीन दिने मानवीय करिडोर खोल्नका लागि युद्धविराम गरेको रुसी दाबी रहेको गार्जियनले जनाएको छ ।

‘रुसी सैन्य बलले मे ५, ६ र ७ का दिन (मस्कोको समयअनुसार) ८ बजेबाट ६ बजेसम्म एजोभस्तल धातु कारखानाको भूभागबाट मानवीय करिडोर खोल्नेछ ।’ रुसी रक्षामन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यो समयमा रुसी सैन्य बल र डोनेत्स्क जनगणतन्त्रका फौजले एकतर्फी युद्धविराम गर्नेछन् ।’

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने मारिउपोलबाट ३४४ जनाको उद्धार गरिएको जानकारी दिएका छन् । राष्ट्रका नाममा सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले एजोभस्तल क्षेत्रमा फसेका मानिसहरुलाई उद्धार गर्नका लागि छलफल जारी रहेको समेत जानकारी दिए ।

‘त्यहाँ अझै सर्वसाधारणहरु छन् । महिला बालबालिका ।’ उनले भने ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ०१ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी