युक्रेनी अधिकारी भन्छन्– ‘बेलारुसी फौजले रुसलाई साथ दिएपनि हामी तयार छौँ’ « Khabarhub

युक्रेनी अधिकारी भन्छन्– ‘बेलारुसी फौजले रुसलाई साथ दिएपनि हामी तयार छौँ’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलारुसी फौजले रुसलाई साथ दिएपनि आफूहरू तयार रहेको युक्रेनी अधिकारीले टिप्पणी गरेका छन् । युक्रेनी राष्ट्र सीमा सेवाका प्रवक्ताले बेलारुस पनि युक्रेनमा जारी युद्धमा सहभागी भएपनि आफूहरू तयार रहेको जनाएका हुन् ।

बेलारुसले ठूलो स्तरको सैनिक अभ्यास शुरु गरेको भन्ने समाचार सार्वजनिक भएसँगै युक्रेनको यस्तो प्रतिक्रिया आएको हो ।

‘कुनै पनि बेला रुसी महासंघले युक्रेनविरुद्ध बेलारुसको भूमि वा बेलारुस गणतन्त्रको सैन्य बल प्रयोग गर्न सक्छ भन्ने विषयलाई हामी अस्वीकार गर्न सक्दैनौँ ।’ युक्रेनको राष्ट्र सीमा सेवाका प्रवक्ता आन्द्रेई डेम्चेन्कोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘त्यसैले हामी तयार छौँ ।’ उनले भने । साथै गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता बेलारुससँगको सीमामा पनि कडाइ गरिएको उनको भनाइ छ ।

त्यसबेला रुसले बेलारुसको भूभाग प्रयोग गरी उत्तरी युक्रेनमा आक्रमण गरेको थियो । यद्यपि पछिल्लो समय रुसले उत्तरी युक्रेनबाट आफ्ना सैनिकलाई पूर्वी एवम् दक्षिणी युक्रेनतर्फ स्थानान्तरण गरेको बताइएको छ ।

यसबाहेक युक्रेनले रुस समर्थित पृथकतावादीको कब्जामा रहेको पूर्वी मोल्दोभाको ड्निस्टर नदी पारीको ‘ट्रान्सनिस्ट्रया’ क्षेत्रसँगको सीमामा पनि कडाइ गरेको उनले जानकारी दिए । केही समयअघि सो क्षेत्रमा श्रृङ्खलाबद्ध आक्रमण भएयता तनाव बढेको बताइन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : ५० बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई