अमेरिकी हेलिकोप्टर नकिन्ने ताइवानको संकेत, रक्षामन्त्री भन्छन्– ‘धेरै महङ्गो भयो’ « Khabarhub

अमेरिकी हेलिकोप्टर नकिन्ने ताइवानको संकेत, रक्षामन्त्री भन्छन्– ‘धेरै महङ्गो भयो’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले अमेरिकाबाट पनडुब्बी विरुद्ध प्रयोग हुने अत्याधुनिक लडाकु हेलिकोप्टर खरिद गर्ने योजना खारेज गरेको संकेत गरेको छ ।

धेरै महङ्गो भएका कारण ताइवानले हेलिकोप्टर खरिद गर्ने योजना खारेज गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि ताइवानले अमेरिकाबाट १२ वटा एमएच ६० आर पनडुब्बी विरुद्ध प्रयोग हुने हेलिकोप्टर खरिद गर्न लागेको भन्ने समाचार सार्वजनिक भएको थियो ।

यद्यपि ताइवानी सञ्चारमाध्यमले भने ताइवानलाई यस्तो किसिमको हेलिकोप्टर आवश्यक नरहेको भन्दै अमेरिकाले यो योजना अस्वीकार गरेको जनाएका थिए ।

संसद्‍मा अमेरिकी हतियार खरिदबारे सोधिएको प्रश्नमा ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले यस्ता हेलिकोप्टर अत्यन्त महङ्गो रहेको जनाएका थिए । ‘मूल्य धेरै छ, हाम्रो मुलुकको क्षमताभन्दा धेरै ।’ रक्षामन्त्री चिउलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

त्यसबाहेक अरु दुई किसिमका अमेरिकी हतियारको खरिद पनि केही समयका लागि वर सारिएको जनाइएको छ । रोयटर्सले जनाएअनुसार एम १०९ ए ६ मध्यम सेल्फ प्रोपेल्ड हवित्जर तोपखाना प्रणाली र विमाभेदी स्टिङ्गर क्षेप्यास्त्र खरिद प्रक्रियालाई पर सारिएको हो ।

हाल अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएकाले हतियार खरिद प्रक्रिया पछि सरेको जनाइएको छ ।

यता रक्षामन्त्री चिउले भने ताइवानले अमेरिकासँग खरिद सम्झौता गरिसकेको र पैसा पनि तिरिसकेको भन्दै छिटो हतियार आपूर्ति गर्न अमेरिकालाई दबाब दिने बताएका छन् ।

चीनले सार्वभौमिकता दाबी गर्दै आएको ताइवानले पछिल्ला केही समययता आफ्नो सेनाको आधुनिकीकरणलाई तीव्र पारेको बताइन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ३ : २० बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार