अमेरिकी हेलिकोप्टर नकिन्ने ताइवानको संकेत, रक्षामन्त्री भन्छन्– ‘धेरै महङ्गो भयो’ « Khabarhub

अमेरिकी हेलिकोप्टर नकिन्ने ताइवानको संकेत, रक्षामन्त्री भन्छन्– ‘धेरै महङ्गो भयो’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले अमेरिकाबाट पनडुब्बी विरुद्ध प्रयोग हुने अत्याधुनिक लडाकु हेलिकोप्टर खरिद गर्ने योजना खारेज गरेको संकेत गरेको छ ।

धेरै महङ्गो भएका कारण ताइवानले हेलिकोप्टर खरिद गर्ने योजना खारेज गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि ताइवानले अमेरिकाबाट १२ वटा एमएच ६० आर पनडुब्बी विरुद्ध प्रयोग हुने हेलिकोप्टर खरिद गर्न लागेको भन्ने समाचार सार्वजनिक भएको थियो ।

यद्यपि ताइवानी सञ्चारमाध्यमले भने ताइवानलाई यस्तो किसिमको हेलिकोप्टर आवश्यक नरहेको भन्दै अमेरिकाले यो योजना अस्वीकार गरेको जनाएका थिए ।

संसद्‍मा अमेरिकी हतियार खरिदबारे सोधिएको प्रश्नमा ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले यस्ता हेलिकोप्टर अत्यन्त महङ्गो रहेको जनाएका थिए । ‘मूल्य धेरै छ, हाम्रो मुलुकको क्षमताभन्दा धेरै ।’ रक्षामन्त्री चिउलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

त्यसबाहेक अरु दुई किसिमका अमेरिकी हतियारको खरिद पनि केही समयका लागि वर सारिएको जनाइएको छ । रोयटर्सले जनाएअनुसार एम १०९ ए ६ मध्यम सेल्फ प्रोपेल्ड हवित्जर तोपखाना प्रणाली र विमाभेदी स्टिङ्गर क्षेप्यास्त्र खरिद प्रक्रियालाई पर सारिएको हो ।

हाल अमेरिकाले युक्रेनलाई हतियार आपूर्ति गर्दै आएकाले हतियार खरिद प्रक्रिया पछि सरेको जनाइएको छ ।

यता रक्षामन्त्री चिउले भने ताइवानले अमेरिकासँग खरिद सम्झौता गरिसकेको र पैसा पनि तिरिसकेको भन्दै छिटो हतियार आपूर्ति गर्न अमेरिकालाई दबाब दिने बताएका छन् ।

चीनले सार्वभौमिकता दाबी गर्दै आएको ताइवानले पछिल्ला केही समययता आफ्नो सेनाको आधुनिकीकरणलाई तीव्र पारेको बताइन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ३ : २० बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण