ओटीटीमा आउँदै ‘कफी वीथ करण’ को नयाँ सिजन  « Khabarhub

ओटीटीमा आउँदै ‘कफी वीथ करण’ को नयाँ सिजन 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका सुप्रसिद्ध निर्माता तथा निर्देशक करण जोहरले १९ वर्षदेखि सञ्चालन गर्दै आइरहेको टेलिभिजन शो ‘कफी वीथ करण’ सदाको बन्द भएको घोषणा गरे ।

उनको घोषणाले सम्पूर्णलाई आश्चर्यमा पार्यो । केही समय अगाडि मात्र नयाँ सिजन र पाहुनाको चर्चाकै बीच सो नै बन्द हुने घोषणा अपत्यारिलो थियो । स्टार वर्ल्ड इन्डियाले नोभेम्बर १९,२००४ मा कफी वीथ करणको पहिलो एपिसोड प्रिमियर गरेको थियो । करण जोहरले आयोजना गरेका यो शो को सिजन–६ को अन्तिम एपिसोड मार्च १७, २०१९ मा प्रसारित भएको थियो । 

करण आफैँले सामाजिक सञ्जाल टक सो ‘कफी वीथ करण’ को नयाँ सिजन ओटीटीमा ल्याउने घोषणा गरेका छन् । उनले डिज्नी प्लस हटस्टारमा ‘कफी वीथ करण’ को नयाँ सिजन आउने घोषणा गरेका छन् । ‘हरेक कथामा ट्वीस्टको आवश्यकता हुन्छ । त्यसैले नयाँ सिजन ७ लाई ओटीटीमा ल्याउँदै छौँ’ करणले लेखेका छन् । उनले पुरानै रमाइलो छिटै फर्किने समेत उल्लेख गरेका छन् । 

सिजन–७ मा नव विवाहित रणवीर कपूर र आलिया भट्ट शो मा पहिलो अतिथि हुने अपेक्षा गरिएको छ ।

No description available.

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : २३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।