युरोपले युक्रेनको छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहयोग बढाउने « Khabarhub

युरोपले युक्रेनको छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहयोग बढाउने


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युरोपेली युनियन ईयूले युक्रेनको पश्चिमी छिमेकी मुलुक मोल्दोभालाई दिने सैन्य सहायतालाई ‘उल्लेखनीय रुपमा बढाउने’ भएको छ ।

मोल्दोभा भ्रमणमा रहेका युरोपेली परिषद्का अध्यक्ष चार्ल्स माइकलले ईयूले मोल्दोभालाई दिँदै आएको सैन्य सहयोग बढाउने घोषणा गरेका हुन् ।

पछिल्लो समय युक्रेनमा रुसी आक्रमण जारी रहँदा मोल्दोभाको ड्निस्टर नदी पारी रुस समर्थित पृथकतावादीले कब्जा जमाएको क्षेत्र ‘ट्रान्सनिस्ट्रया’ मा श्रृङ्खलाबद्ध विष्फोटपछि तनाव बढिरहेका बेला युरोपेली परिषद्का अध्यक्षको यस्तो भनाइ आएको हो ।

‘सैन्य बललाई थप सैनिक सामग्री प्रादान गरेर यो वर्ष हामीले मोल्दोभालाई दिने सहयोगलाई उल्लेखनीय रुपमा बढाउने योजनामा छौँ ।’ मोल्दोभाकी राष्ट्रपति माया सन्दुसँगको संयुक्त पत्रकार सम्मेलनमा माइकलले भने ।

मोल्दोभाको ‘बन्दोबस्ती, साइबर रक्षा’ का क्षेत्रमा ईयूले सहयोग बढाउने उनको भनाइ छ । यसबाहेक ‘सैन्य निर्माणको थप क्षमता’ बढाउने समेत उनले बताए । यद्यपि यसबारे उनले थप विवरण उपलब्ध नगराएको कतारी टेलिभिजन च्यानल अल जजीराले जनाएको छ ।

‘ईयू तपाईँहरू, मोल्दोभाप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दछ । तपाईँहरूको राष्ट्रलाई सहयोग गर्नु हाम्रो युरोपेली दायित्व हो ।’ उनले भने ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ५ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना