धादिङमा बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही « Khabarhub

धादिङमा बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही


२२ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेपाली कांग्रेसले धादिङका बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र समर्थक तथा प्रस्तावक बसेकालाई पार्टीबाट निष्काशन गरेको उल्लेख गरेको छ ।

कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा बेनीघाट रोराङका देवीप्रसाद सिलवाल, नीलकण्ठका कल्पना अधिकारी, नेत्रावती डबजोङका टेकजङ्ग लामा, खनियाबासका फूलबहादुर तामाङ र खनियाबासकै सरिता तामाङलगायत प्रस्तावक र समर्थकलाई आज उप्रान्त पार्टी सदस्य नरहेको जानकारी गराइएको छ ।

उनीहरू सबै आफूमाथि अन्याय भएको भन्दै पालिकाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूलाई पार्टीले पटक–पटक सार्वजनिक विज्ञप्ति निकालेर पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गरिएको भए पनि बेवास्ता गर्दै आएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  ५ : १७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने