धादिङमा बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही « Khabarhub

धादिङमा बागी उम्मेदवारलाई कांग्रेसले गर्‍यो कारबाही


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेपाली कांग्रेसले धादिङका बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेसले आज प्रेस विज्ञप्ति प्रकाशन गर्दै गठबन्धन र पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका र समर्थक तथा प्रस्तावक बसेकालाई पार्टीबाट निष्काशन गरेको उल्लेख गरेको छ ।

कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा बेनीघाट रोराङका देवीप्रसाद सिलवाल, नीलकण्ठका कल्पना अधिकारी, नेत्रावती डबजोङका टेकजङ्ग लामा, खनियाबासका फूलबहादुर तामाङ र खनियाबासकै सरिता तामाङलगायत प्रस्तावक र समर्थकलाई आज उप्रान्त पार्टी सदस्य नरहेको जानकारी गराइएको छ ।

उनीहरू सबै आफूमाथि अन्याय भएको भन्दै पालिकाका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूलाई पार्टीले पटक–पटक सार्वजनिक विज्ञप्ति निकालेर पार्टीको आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गरिएको भए पनि बेवास्ता गर्दै आएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ५ : १७ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका