सन्दीपले मागे रेनुलाई भोट | Khabarhub Khabarhub

सन्दीपले मागे रेनुलाई भोट


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबार भरतपुरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त कार्यक्रम शीर्ष नेताहरू गठबन्धनका उम्मेदवारहरूलाई सघाउन चितवनवासीलाई अनुरोध गरिरहेका छन् । 

त्यही भिडमा देखिए कलाकार सन्दीप क्षेत्री पनि । उनले पनि कार्यक्रममा सहभागिता जनाउदै भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालको पक्षमा भोट मागेका छन् । आफू कुनै पनि पार्टीको साधारण सदस्य समेत नरहेको बताउँदै सन्दीपले भोट मागेका हुन् । 

क्षेत्रीले दाहाललाई जितका लागि शुभकामना समेत दिए। ‘मेरो पितृको आशिष लागोस्, तपाईंले गर्न खोजेका सबै कामका निम्ति शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘ तर यो भन्दै फेरि भन्छु, म कुनै पार्टीको मान्छे होइन ।’ आफू अन्य कार्यक्रमको लागि चितवन पुगेता पनि रेनुको लागि कार्यक्रम छ भन्ने थाहा पाएपछि आएको बताए । ‘मलाई पनि आउँ-आउँ लाग्यो र कार्यक्रम आए ’ सन्दीपले भने । 

कार्यक्रममा पुग्नु अगाडि आफ्नो आमालाई फोन गरेर सल्लाह लिएर मात्र आएको समेत उनले प्रस्ट्याए । ‘कार्यक्रममा आउनुभन्दा अगाडि आमालाई फोन गरेर सोधेँ । आमाले भन्नुभयो तैँले देशका लागि बोल्ने हो । त्यो केटीले देशका लागि काम गरिरहेकी छ, बोल्दा केही फरक पर्दैन । त्यसपछि म यहाँ आएको हुँ’ सन्दीपले भने । 

सन्दीप इभेन्ट आयोजक गृहेन्द्र घिमिरेसँग नजिक भएकाले पनि उक्त कार्यक्रममा पुगेको चर्चा सामाजिक सञ्जालमा छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ६ : ११ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी