रिपोर्ट भन्छ– ‘अफगानिस्तानमा अल्पसङ्ख्यकको सुरक्षा गर्ने तालिबानको वाचा असफल बन्दै’ « Khabarhub

रिपोर्ट भन्छ– ‘अफगानिस्तानमा अल्पसङ्ख्यकको सुरक्षा गर्ने तालिबानको वाचा असफल बन्दै’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल्पसङ्ख्यकहरूलाई लक्षित गरी पछिल्लो समय आक्रमणहरू हुन थालेपछि अफगानिस्तानको शासन चलाइरहेको तालिबानले चर्को आलोचना खेप्न थालेको छ ।

गत वर्षको अगष्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गर्ने बेला तालिबानले अल्पसङ्ख्यकहरूको सुरक्षा गर्ने बाचा गरेको थियो । यद्यपि पछिल्लो समय अल्पसङ्ख्यकहरूलाई लक्षित गरी आक्रमणहरू बढ्दै जाँदा तालिबान उक्त वाचाप्रति उदासिन देखिएको फ्रन्टियर पोष्टले जनाएको छ ।

पछिल्ला केही सातामा अफगानिस्तानमा भएका आतंककारी आक्रमणमा केटाकेटीसहित ७७ जनाभन्दा धेरैको मृत्यु भएको छ । यस्ता आतंककारी आक्रमणले उसैपनि आर्थिक एवम् मानवीय संकट झेलिरहेको अफगानिस्तानलाई अझ अस्थिर बनाउने चिन्ता उत्पन्न भएको फ्रन्टियर पोष्टको टिप्पणी छ ।

पछिल्ला केही सातामा खासगरी धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकहरूको बाक्लो बस्ती रहेको इलाकामा विद्यालय, मस्जिद, खुला बजारजस्ता सार्वजनिक क्षेत्रलाई लक्षित गरी आक्रमण हुँदै आएका छन् ।

पछिल्ला आक्रमणहरूबाट या त अफगानिस्तानको सुरक्षा अवस्थामा तालिबानको नियन्त्रण नै नभएको वा अल्पसङ्ख्यकबारे तालिबानको उदासिनता देखिएको उक्त अखबारको टिप्पणी छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : ३४ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम