हत्याका अभियुक्त तीन वर्षपछि समातिए « Khabarhub

हत्याका अभियुक्त तीन वर्षपछि समातिए


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एक जनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँमा तीन जनाको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१० का २५ वर्षीय मुण्डा भनिने सरोज सुन्दास रहेका छन् । आरोपित दुई जना महेश परियार र मनिष बानियाँलाई भने घटना भएकै दिन २०७५ साल मंसिर ८ गते नियन्त्रणमा लिइसकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले नैकापबाट उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको जनाएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ८ : ३५ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ