हत्याका अभियुक्त तीन वर्षपछि समातिए « Khabarhub

हत्याका अभियुक्त तीन वर्षपछि समातिए


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एक जनाको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँमा तीन जनाको मिलेमतोमा धारिलो हतियार प्रयोग गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-१० का २५ वर्षीय मुण्डा भनिने सरोज सुन्दास रहेका छन् । आरोपित दुई जना महेश परियार र मनिष बानियाँलाई भने घटना भएकै दिन २०७५ साल मंसिर ८ गते नियन्त्रणमा लिइसकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरी टोलीले नैकापबाट उनलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको जनाएको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ८ : ३५ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम