बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित : कांग्रेस (विज्ञप्तिसहित) « Khabarhub

बागी उम्मेदवार, प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित : कांग्रेस (विज्ञप्तिसहित)


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध बागी दिएका तथा उनीहरूका प्रस्ताव तथा समर्थकहरू पार्टीबाट स्वतः निष्कासन भएको जनाएको छ।

कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै बागी र प्रस्तावक तथा समर्थकहरूको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निष्कासन भएको जनाएको हो ।

त्यस्ता विद्रोही उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपिसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरूलाई कांग्रेस केन्द्रीय कार्यालयले निर्देशन दिएको छ ।

विद्रोही उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न यसअघि नै पार्टीले अनुरोध गरेको थियो । तर, चितवनको भरतपुर र पोखरा लगायतका क्षेत्रका कांग्रेसका बागी उम्मेदवारहरूले पार्टीको त्यस्तो आग्रहलाई अस्वीकार गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ८ : ५२ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ