टेबल टेनिस टोली माल्दिभ्स जाँदै « Khabarhub

टेबल टेनिस टोली माल्दिभ्स जाँदै


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माल्दिभ्सको मालेमा हुने दक्षिण एसियाली जुनियर तथा क्याडेट टेबल टेनिस प्रतियोगितामा सहभागी हुन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यको नेतृत्वमा माल्दिभ्स जान लागेको टिममा आठ खेलाडी रहेका छन् ।

खेलाडीमा संयोग कपाली, रुबिन महर्जन, सुजन गडाल, इभाना थापा मगर, बियन्का राई, शुभश्री श्रेष्ठ, प्रिन्स थापा र उज्वल मानन्धर रहेका छन् ।

म्याच कमिसनारमा तेजेन्द्र महारा र प्रशिक्षकमा मोहनदास बासुकला रहेका छन् । यस्तै टिम पदाधिकारी प्रतेश श्रेष्ठ छन् । प्रतियोगिता वैशाख २६ देखि २८ गतेसम्म हुनेछ ।

प्रतियोगिताका क्रममा हुने दक्षिण एसियाली टेबल टेनिस संघको बैठकमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दाज बैद्य र दक्षिण एसियाली टेबल टेनिस संघका महासचिव शंकर गौत्तमले भाग लिने छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपमा आयोजित कार्यक्रमबीच बिहीबार विदाइ गरे ।

त्यसअघि नेपाल ओलम्पिक ककिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहीबारै आयोजित छुट्टै कार्यक्रममा टोलीलाई सातदोबाटोमा बिदाइ गरेका थिए । उक्त कार्यक्रममा प्रतियोगितामा सहभागी हुने नेपाली टोलीका लागि लिनिङ नेपालका प्रमुख कार्यकारी अधिकृत राजेन महर्जनले पोसाक तथा खेल सामग्री प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १० : ५७ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको