मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक | Khabarhub Khabarhub

मोरङमा नेपाल–भारत सीमा सुरक्षा बैठक


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको सुन्दरहरैँचामा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक आज सम्पन्न भएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डीएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो ।

यही वैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा भएको बैठकमा निर्वाचनको ७२ घण्टा अघि सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्त रूपमा सीमा गस्ती परिचालनका विषयमा विस्तृत छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन, खुला सीमाका कारण नेपालमा हुन सक्ने आपराधिक घटनालाई रोक्न, निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शीरूपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीसँग छलफल गर्न बैठक आयोजना भएको र यसमा दुवै देशका सुरक्षा निकायले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जाहेर भएको जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ११ : ३४ बजे

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित

साताको पहिलो दिन १८.४४ अंकले घट्यो नेप्से 

काठमाडौं– साताको पहिलो दिन आइतबार भएको शेयर कारोबारमा नेपाल स्टक

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाको पहिलो चरण सम्पन्न

काठमाडौं– आयोजना कार्यान्वयन निर्देशनालयद्वारा मेलम्ची खानेपानी आयोजनाको उप–आयोजना–२ अन्तर्गत सञ्चालित

मुटुका बिरामी मौसमलाई प्रवासी नेपालीबाट पौने पाँच लाख सहयोग

काठमाडौं- एकजना मुटुका बिरामीलाई दक्षिण कोरिया र बेलायतसहितका देशमा रहेका

यस्तो बन्यो कीर्तिपुर क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतिको काम धमाधम भइरहेको छ ।