हलिउडबाट प्रभावित आमिर खानका यी १० फिल्म « Khabarhub

हलिउडबाट प्रभावित आमिर खानका यी १० फिल्म


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । सन् २०१८ पछि उनी अभिनित यो फिल्म रिलिज हुँदैछ । फिल्मका कारण आमिर विवादमा पनि तानिएका छन् । उनको फिल्म बहिस्कारको माग उठिरहेको छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । त्यसो त उनी अभिनित यो फिल्म मात्र होइन, करीब १२ फिल्म हलिउडका रिमेक हुन् ।

९० को दशकमा आमिरले वर्षमा धेरै फिल्ममा अभिनय गरे । तर सन् २००० पछि उनले वर्षमा एकमात्र फिल्ममा अभिनय गर्ने निर्णय लिए ।

उनले अभिनय गरेको ‘जो जिता वही सिकन्दर’देखि लिएर ‘गजनी’सम्म आइपुग्दाका फिल्म हलिउडको रिमेक नै हुन् ।

दिल है कि मानता नही

महेश भट्ट निर्देशित यो फिल्ममा आमिर र पुजा भट्टको जोडीले अभिनय गरेका छन् । यो फिल्म सन् १९३४ को हलिउड फिल्म ‘इट ह्यापेन्ड वान नाइट’को हिन्दी रिमेक हो ।

जो जीता वही सिकन्दर

आमिर खानको करियर बनाएका फिल्ममध्ये यो पनि एक हो । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यो हलिउड फिल्म ‘ब्रेकिङ अवे’बाट प्रभवित थियो । यसको हिन्दी रिमेकको निर्देशन मंसूर खानले गरेका थिए । फिल्ममा दीपक तिजोरी, आयशा जुल्का र पूजा बेदीको पनि अभिनय थियो ।

हम हैं राही प्यार के

यो फिल्मको निर्देशन महेश भट्टले गरेका थिए । आमिर खान, जुही चावलाको अभिनय रहेको यो फिल्म सन् १९८५ मा रिलिज हलिउड फिल्म ‘हाउस बोट’को हिन्दी रिमेक हो ।

बाजी

यो फिल्मलाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । हलिउड फिल्म ‘डाई हार्ड’बाट प्रभावित यो फिल्ममा ममता कुलकर्णी, परेश रावल, आशीष विद्यार्थी र मुकेश ऋषिको अभिनय थियो ।

आतंक ही आतंक

यो फिल्म सन् १९७२ मा रिलिज फिल्म ‘गडफादर’को रिमेक थियो । दिलिप शंकरको निर्देशन रहेको फिल्ममा आमिर र रजनीकान्त प्रमुख भूमिकामा थिए ।

अकेले हम अकेले तुम

यो फिल्म सन् १९७९ को अवार्ड विजेता हलिउड फिल्म ‘क्रामर भर्सेस क्रामर’को हिन्दी रिमेक हो । यसमा मनीषा कोइरालाको पनि अभिनय थियो ।

मन

आमिर खान र मनीषा कोइरालाको फिल्म मनलाई दर्शकले निकै मनपराए । इन्द्र कुमारको निर्देशन रहेको यो फिल्ममा अनिल कपुरको पनि अभिनय थियो । यो फिल्म सन् १९५७ मा रिलिज हलिउड फिल्म ‘एन अफेयर टु रिमेम्बर’बाट हुबहु प्रभावित थियो ।

रंग दे बसन्ती

यो फिल्म हेर्दा दर्शकलाई हलिउड फिल्म ‘जेसस अफ मोन्टरियल’को सम्झना गराउँथ्यो । राकेश ओमप्रकाश मेहरा निर्देशित फिल्म सन् १९४८ मा रिलि हलिउड फिल्म ‘अल माइ सन्स’बाट पनि प्रभावित थियो ।

फना

यो फिल्ममा आमिर र काजोलको अभिनय थियो । फिल्मको सेकेण्ड हाफ सन् १९८१ मा रिलिज फिल्म ‘आइ अफ द निडल’ र सन् १९९९ को कोरियन फिल्म ‘शिरी’सँग मिल्दो जुल्दो थियो ।

धूम ३

फिल्म ‘धुम’को तेस्रो सिरिज ‘धुम ३’ क्रिस्टोफर नोलानको सन् २००६ मा रिलिज फिल्म ‘द प्रेस्टिज’बाट प्रभावित थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १२ : १७ बजे

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

जनकपुरधाम– मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि

अशक्तलाई घरमै नागरिकता

काभ्रेपलाञ्चोक– जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अशक्त एवं अपाङ्गता भएका व्यक्तिलाई घरमै

रास्वपा महाधिवेशन : निर्वाचनअघि हलभित्रै नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

रूसले भन्यो : आणविक हतियारले मात्र विश्वलाई जोगाउन सक्छ

एजेन्सी– रूसले आणविक हतियारलाई विश्वलाई सम्भावित विश्वयुद्धबाट जोगाउने ‘एकमात्र’ माध्यमका

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक