क्यानले बोलायो महिला क्रिकेटका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा « Khabarhub

क्यानले बोलायो महिला क्रिकेटका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

शनिबार प्रतियोगिताको तयारी लागि क्यानले पहिलो चरणमा १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको हो । १९ खेलाडीमध्ये १५ खेलाडी राष्ट्रिय टिममा छनोट हुने क्यानले जनाएको छ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

मलेसियामा हुने प्रतियोगितामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन १८ मा खेल्दा जुन २० मा बहराइनविरुद्ध तेस्रो र जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका छ ।

बन्द प्रशिक्षणमा डाकिएका खेलाडीः
रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, काजोल श्रेष्ठ, कविता कुवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल, इश्वरी विष्ट

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : ५२ बजे

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी