माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठक बस्दै « Khabarhub

माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठक बस्दै


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी समिति सदस्यहरूको बैठक आज बस्दै छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बिहान साढे ८ बजे बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णतालगायत एजेन्डाबारे छलफल हुने भएको छ ।

पूर्वस्थायी समिति सदस्यहरूको बैठक यसअघि शनिबार दिउँसो ३ बजेका लागि बोलाएको थियो । तर, तयारी पर्याप्त नभएको भन्दै स्थगित गरिएको पूर्वस्थायी समिति सदस्य गणेश साहले बताए ।

स्थानीय निर्वाचन सकिएपछि माओवादी केन्द्रले बोलाएको यो पहिलो बैठक हो ।

निर्वाचनमा तालमेल महानगर र उपमहानगरमा सन्तोषजनक भए पनि धेरै नगर र गाउँपालिका तहमा भने गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा भएको अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : २८ बजे

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके– नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा निर्माणाधीन

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि