सोमपाल र रोहित चम्किदा नेपालको जित « Khabarhub

सोमपाल र रोहित चम्किदा नेपालको जित


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमपाल कामी र रोहित पौडेल चम्किएपछि आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको छ ।

नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्सले ४३.३ ओभरमा सबै विकेट गुमाएर २२१ रनमात्र समेटियो । हरिकेन्सका निनाद निम्बलकारले सर्वाधिक ९९ रन बनाए । यस्तै, रमिज राजा जुनियरले २९ र एन्ड्रिस गोअसले २८ रन बनाए ।

बलिङमा नेपालका सोमपालले सर्वाधिक पाँच विकेट लिए । यसबाहेक, किशोर महतो र सागर ढकालले समान दुई विकेट लिँदा करण केसीले एक विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउनुअघि २५० रनको योगफल तयार गरेको थियो ।

नेपालको ब्याटिङमा कप्तानी सम्हालेका रोहितले शतकीय इनिङ खेले । रोहितले ९० बलमा पाँच चौका र चार छक्कासहित एक सय एक रन बनाए । आरिफ सेखले ४१ रन बनाउँदा, देव खनालले १९, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले १३ र करण केसीले १२ रन बनाए ।

हरिकेन्सका मोहम्मद इल्यासले सर्वाधिक पाँच विकेट लिए । यस्तै, हर्मित सिंहले दुई र हसन रासिदले एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा नेपाल अल स्टार्ससँग चार विकेटले पराजित भएको थियो ।

नेपालले अमेरिकामा त्रिदेशीय क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले शृंखलाको पहिलो खेलमा २६ जेठमा ओमान, २८ मा अमेरिका, ३१ मा ओमान र १ असारमा अमेरिकाको सामना गर्नेछ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : ४७ बजे

मुख्यमन्त्री बानियाँद्वारा सूर्य स्मृति भवनको उद्घाटन

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सूर्यबहादुर डिमडुम स्मृति भवनको

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै