चार देशीय ‘पोखरा आर्ट क्याम्प’ आगामी भदौ ३१ देखि | Khabarhub Khabarhub

चार देशीय ‘पोखरा आर्ट क्याम्प’ आगामी भदौ ३१ देखि


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आगामी भदौ ३१ देखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झन्डै १०० कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लूएस) नेपालले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थिति गर्न लागिएको हो ।

महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो । यसका कारण कला पर्यटन ठप्प हुन पुगेको थियो ।

अब भने बिस्तारै कला पर्यटन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापीरूपमा पुर्‍याउने प्रयास थालिएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिए ।

‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्बर भूमि र हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान भएको बताए । उनका अनुसार आठ हजारमाथिका तीन वटा हिमाल एकसाथ देखिने गण्डकी प्रदेशको राजधानी पोखरा हो ।

उनले पोखरा आर्ट क्याम्पमार्फत गण्डकीको सुन्दरता विश्वभर पुर्‍याउने अभियानमा सहभागी हुन पााएकामा खुसी व्यक्त गरे । ललितकलाको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लूएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ ।

पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : ४६ बजे

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्

काठमाडौं- नेकपा (एमाले) कै एकजना सांसदले संघीय मामिला तथा सामान्य

बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने

सुनसरी– स्वास्थ्य बीमा बोर्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता

बजेटबारे प्रचण्डको प्रश्न- जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईँहरूको हात काँप्यो ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक

काठमाडौं– शिवम् सिमेन्टले चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा  नो कम्प्रोमाइज’

प्रचण्डले प्रधानमन्त्रीलाई सोधे- ३०० दिनमा कहाँ जोडियो फ्लडलाइड र प्याराफिट ?

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल