निजगढ नगर उद्योग वाणिज्य संघमा दीपेन्द्र श्रेष्ठको प्यानल विजयी « Khabarhub

निजगढ नगर उद्योग वाणिज्य संघमा दीपेन्द्र श्रेष्ठको प्यानल विजयी


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निजगढ – निजगढ नगर उद्योग बाणिज्य संघको प्रथम अधिवेशनबाट अध्यक्षमा दीपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मत परिणामअनुसार संघमा श्रेष्ठको प्यानल नै विजयी भएको छ ।

मत परिणामअनुसार अध्यक्षमा श्रेष्ठले ८६ मत अन्तरले विजयी भएका हुन् । श्रेष्ठले १८९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी रवि कुमार बर्तौलाले १०३ मत प्राप्त गरे ।

३७६ मतदाता रहेकोमा निर्वाचनमा ३०७ मत खसेको थियो । मतपरिणाम घोषणा भएलगत्तै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबै व्यवसायीहरूलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

संघको प्रथम उपाध्यक्षमा १६३ मत ल्याएर गोरखबहादुर खड्का, द्वितीय उपाध्यक्षमा २००  मत ल्याई नवराज मैनाली, तृतीय उपाध्यक्षमा २०३ मत ल्याएर उषा लामा मोक्तान विजयी भएका छन् ।

यस्तै महासचिवमा १५१ मतका साथ गोविन्द न्यौपाने र कोषाध्यक्षमा १८८ ल्याई होमप्रसाद न्यौपाने (महेश) विजयी भएका छन् ।  वाणिज्यतर्फ सचिवमा १६३ मतसहित विजय तिमल्सिना र उद्योगतर्फ सचिवमा १६९ मतका साथ विष्णुप्रसाद रिसाल निर्वाचित भएका थिए ।

१२ खुला सदस्य पदका लागि २४ जनाको प्रतिस्पर्धामा श्यामकुमार श्रेष्ठ १७१ मत, उमेश दाहाल १८६ मत, सरोज कोइराला १७७ मत, सीताकुमारी गौतम (उप्रेती) १६८ मत, कृष्णबहादुर सुनार १६६ मत, अजित कोइराला १७५ मत, भोलाप्रसाद तिमल्सिना १६२ मत, दिपा सापकोटा १६९ मत, उत्सव श्रेष्ठ १९९ मत, अरुणकुमार साह १६४ मत, अभिषेक शर्मा (वैकुण्ठ) १८५ मत र गणेशबहादुर क्षेत्री (रायमाझी) १७३ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : ५८ बजे

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल

सुनसरी–४ मा कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप

सुनसरी– सुनसरी-४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का