विश्व वातावरण दिवस : मझुवागढी पदमार्गको सफाइ   « Khabarhub

विश्व वातावरण दिवस : मझुवागढी पदमार्गको सफाइ  


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– विश्व वातावरण दिवसको अवसरमा खोटाङस्थित धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने पदमार्ग सरसफाइ गरिएको छ । ‘पृथ्वीको संरक्षणः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा आइतबार बिहान दिक्तेलबजारको हाटडाँडादेखि मझुवागढीसम्मको पदमार्ग सरसफाइ गरिएको हो । दिवसको अवसरमा पदमार्ग आसपासमा यत्रतत्र छरिएका बिस्कुट, चाउचाउ, चकलेटका खोल, प्लाष्टिकको खाली बोत्तल लगायतका फोहोरमैला संकलन गर्दै व्यवस्थापन गरिएको छ । डिभिजन वन कार्यालय र सामुदायिक वन उपभोक्ता महासन्धिको आयोजना तथा प्रगतिशील युवा सञ्जालको व्यवस्थापनमा सरसफाइ तथा अन्तरक्रिया कार्यक्रम गर्दै दिवस मनाइएको हो । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, पूर्व जिविस सभापति एवं कांग्रेस सभापति विष्णुकुमार राई, सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, डिभिजन वन कार्यालयका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायिक वन उपभोक्ता महासङ्घका प्रदेश सचिवालय सदस्य सूर्य राई, महासङ्घका पूर्वकेन्द्रिय सदस्य मोहन गुरुङ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, नेकपा (एस)को नगर कमिटी अध्यक्ष यादवसेन राई, सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दिलीप खत्री लगायतको सहभागितामा सरसफाइ गरिएको हो । सरसफाइ गर्दै मझुवागढीमा पुगेर औपचारिक कार्यक्रमबीच विश्व वातावरण दिवस समापन गरिएको थियो । 

कार्यक्रममा मेयर भट्टराईले हरेक महिनाको अन्तिम शनिबार मझुवागढी पदमार्ग सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रम डिभिजन वन कार्यालयका निमित्त प्रमुख रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १ : ३५ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै