मधेस प्रदेशसभामा दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै « Khabarhub

मधेस प्रदेशसभामा दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आगामी (आव) २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिबार  बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

यस्तै मधेस प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा (आव) २०७९/८० को बजेट प्रस्तुत गर्ने र त्यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले  जानकारी दिए । नीति तथा कार्यक्रमपश्चात प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा १०१ सदस्य छन् । 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : १० बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ