मधेस प्रदेशसभामा दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै « Khabarhub

मधेस प्रदेशसभामा दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुँदै


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आज बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको आगामी (आव) २०७९/८० को नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्यलगायतका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । शनिबार  बसेको मधेस प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा बैठकमा प्रस्तुत हुने आगामी आव २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

यस्तै मधेस प्रदेश सरकारले आगामी आगामी असार १ गते प्रदेशसभा बैठकमा (आव) २०७९/८० को बजेट प्रस्तुत गर्ने र त्यसको तयारी भइरहेको प्रदेश सरकारको गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले  जानकारी दिए । नीति तथा कार्यक्रमपश्चात प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा १०१ सदस्य छन् । 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : १० बजे

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो