पाकिस्तानी तालिबानद्वारा युद्धविराम घोषणा « Khabarhub

पाकिस्तानी तालिबानद्वारा युद्धविराम घोषणा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा सक्रिय तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) ले अनिश्चितकालिन युद्धविरामको घोषणा गरेको छ ।

अफगानिस्तानको सत्तामा रहेको अफगान तालिबानको मध्यस्थतामा पाकिस्तान सरकारसँग वार्ता गरेपछि पाकिस्तानी तालिबानले अनिश्चितकालीन युद्धविरामको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई एकजना वरिष्ठ पाकिस्तानी अधिकारीले बताएअनुसार वार्ता सकारात्मक दिशामा अघि बढिरहेको छ ।

वर्षौँदेखि पाकिस्तानी तालिबान सरकारविरुद्ध युद्धरत छन् । अफगानिस्तानसँग सीमा जोडिएका जातीय क्षेत्रमा पनि शरिया कानून लागू गराउने युद्धरत पाकिस्तानी तालिबान र अफगान तालिबानबीचको सम्बन्ध नजिकको तर अस्पष्ट रहेको बीबीसीले जनाएको छ ।

गत वर्षको अगस्ट महिनामा अफगान तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि पाकिस्तानी तालिबानले पनि पाकिस्तानी भूमिमा आक्रमणलाई तीव्र पारेको जनाइएको छ ।

काबुलमा पछिल्लो समय पाकिस्तान सरकारले वार्ताका लागि राजनीतिक नेता एवम् जातीय मुखियाहरुको ‘जिर्गा’ भनिने समूह पठाएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय इस्लामिक पर्वहरुलाई मध्यनजर गर्दै दुबै पक्षले ३० मेसम्म युद्धविरामको घोषणा गरेका थिए । विगतमा यस्ता युद्धविराम घोषणा भएको केही घण्टामा उल्लङ्घन हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : ३१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५