क्युबामा बाढीका कारण २ जनाको मृत्यु, हजारौँ विस्थापित « Khabarhub

क्युबामा बाढीका कारण २ जनाको मृत्यु, हजारौँ विस्थापित


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारिबियन सागरमा अवस्थित मुलुक क्युबामा आँधीपछि अविरल वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । आगाथा नामक आँधीका कारण क्युबामा ८ इन्चसम्म पानी परेको बीबीसीले जनाएको छ ।

राजधानी हवानासहित मुलुकको पश्चिम तथा मध्य क्षेत्र सबैभन्दा धेरै प्रभावित रहेको जनाइएको छ । हवानाबाट २ हजारभन्दा धेरै मानिसहरुलाई उद्धार गरिएको छ । यसबाहेक ५० हजार भन्दा धेरै मानिसहरुको घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ ।

विस्थापितहरुलाई राख्न अस्थायी शिविरहरु तयारी अवस्थामा रहेको क्युबाली समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्युबामा बेलाबेला यस्ता आँधी आउने गरेको बताइएको छ ।

आगाथा नामक यो आँधीले सोमबार मेक्सिकोमा वर्षा गराउँदा ९ जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : ४९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५