सप्तरी जिल्ला बार इकाई राजविराजमा प्रगतिशील समूह विजयी « Khabarhub

सप्तरी जिल्ला बार इकाई राजविराजमा प्रगतिशील समूह विजयी


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा समावेशी प्रगतिशील समूहका प्यानल विजय भएका छन्। प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले ५३ मत पाएर विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी बृहत लोकतान्त्रिक गठबन्धन समूहका अधिवक्ता कामेश्वर यादवले ३९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक कृपानारायण यादवले जानकारी दिएका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा फूलनारायण यादवले ५६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी  गठबन्धन समूहका ममताकुमारी चौधरीले ३७ मत प्राप्त गरिन्। सचिवमा प्रमोदकुमार चौधरीले ५७ मत प्राप्त गरि विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक गठबन्धन समूहका कमलकुमार यादवले ३४ मत प्राप्त गरे। कोषाध्यक्षमा प्रगतिशील समूहकी मनु खनाल ५७ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी विरेन्द्रप्रसाद चौधरीले ३६ मत प्राप्त गरे ।

यसैगरी सदस्यहरूमा वीरबहादुर कडारीले ६१, वैद्यनाथ चौधरीले ५५, उमेशनारायण शरणले ५१, राजनारायण यादवले ५० र रहमुल मन्सुरीले ४३ मत प्राप्त गरि निर्वाचित भएका छन् । यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, विरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन् ।सहसचिव पदमा समावेशी प्रगतिशील समूहकी किरण साह निर्विरोध निर्वाचित भइन् । सप्तरी जिल्ला बार इकाई राजविराजमा कुल ९७ मतदातामा ९४ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ३ : ४६ बजे

एमाले निर्वाचनमा सहभागी हुन्छ : सचिव राई

मोरङ–  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नवनिर्वाचित सचिव शेरधन राईले आगामी

काठमाडौंभित्रै एक रातको अन्तरमा दुईजना मिलेर गरे दुई युवकको हत्या

काठमाडौं- नेपाल प्रहरीले ललितपुरमा एक रातको बीचमा भएका दुई छुट्टाछुट्टै

फिल्म ‘मिरमिरे’को शीर्ष गीत सार्वजनिक

काठमाडौं – यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’को

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार