सप्तरी जिल्ला बार इकाई राजविराजमा प्रगतिशील समूह विजयी « Khabarhub

सप्तरी जिल्ला बार इकाई राजविराजमा प्रगतिशील समूह विजयी


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी जिल्ला अदालत बार इकाई राजविराजमा प्रगतिशील समूहको प्यानल विजयी भएको छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा समावेशी प्रगतिशील समूहका प्यानल विजय भएका छन्। प्रगतिशील समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले ५३ मत पाएर विजय भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी बृहत लोकतान्त्रिक गठबन्धन समूहका अधिवक्ता कामेश्वर यादवले ३९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक कृपानारायण यादवले जानकारी दिएका छन्।

त्यसैगरी उपाध्यक्ष पदमा फूलनारायण यादवले ५६ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी  गठबन्धन समूहका ममताकुमारी चौधरीले ३७ मत प्राप्त गरिन्। सचिवमा प्रमोदकुमार चौधरीले ५७ मत प्राप्त गरि विजय भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रजातान्त्रिक गठबन्धन समूहका कमलकुमार यादवले ३४ मत प्राप्त गरे। कोषाध्यक्षमा प्रगतिशील समूहकी मनु खनाल ५७ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी विरेन्द्रप्रसाद चौधरीले ३६ मत प्राप्त गरे ।

यसैगरी सदस्यहरूमा वीरबहादुर कडारीले ६१, वैद्यनाथ चौधरीले ५५, उमेशनारायण शरणले ५१, राजनारायण यादवले ५० र रहमुल मन्सुरीले ४३ मत प्राप्त गरि निर्वाचित भएका छन् । यस्तै केन्द्रीय पार्षदमा महेन्द्रप्रसाद देव, केशरलाल खंग, विरेन्द्रप्रसाद चौधरी, कर्मचन्द्र चौधरी र हेमनारायण चौधरी निर्वाचित भएका छन् ।सहसचिव पदमा समावेशी प्रगतिशील समूहकी किरण साह निर्विरोध निर्वाचित भइन् । सप्तरी जिल्ला बार इकाई राजविराजमा कुल ९७ मतदातामा ९४ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ३ : ४६ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना