मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट « Khabarhub

मनाङको नार्पाभूमिका नागरिकलाई जनही साढे तीन लाख बजेट


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- सरकारले विनियोजन गरेको बजेट हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकाको प्रतिव्यक्ति तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्ने देखिएको छ ।

संघीय संरचनाअनुसार चार गाउँपालिकामा विभाजित मनाङको नार्पाभूमि गाउँपालिकामा २०७८ को जनगणनाअनुसार कुल तीन सय ९८ मात्रै जनसंख्या छ । संघीय सरकारले आर्थिक वर्ष २०७९/०८० मा विनियोजित अन्तरसरकारी वित्तीय हस्तान्तरण बजेटअन्तर्गत नार्पाभूमि गाउँपालिकामा १४ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सरकारले विनियोजन गरेको बजेटअनुसार एकजना व्यक्तिलाई नार्पाभूमि गाउँपालिकामा वितरण गर्ने हो भने जनही तीन लाख ५७ हजार ७ सय ८८ रुपैयाँ ९४ पैसा पर्न आउँछ । नार्पाभूमि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जाडो छल्न नागरिकहरू सहर बजारमा झरिसकेपछि जनगणनाको तथ्यांक लिइएकाले जनसंख्या कम देखिएको बताए ।

उनका अनुसार नार्पाभूमिमा मतदाता संख्या चार सय ४८ छन् । ‘सडक छाडेर दुई दिन हिँड्नुपर्छ । एउटा योजनामा मात्रै ५०/६० लाख खर्च गर्नुपर्छ । एकजना कामदारलाई मात्रै दैनिक दुई हजार रुपैयाँ भुक्तानी गर्नुपर्छ । नत्र कामदार पाइँदैन । हरेक हिसावले महँगो पर्छ । बजेट त अझै अपुग हो,’ उनले भने ।

मनाङमा सबैभन्दा बढी नासों गाउँपालिकाको जनसंख्या एक हजार ६ सय ७१ छ । संघीय सरकारले १९ करोड ७१ लाख बजेट विनियोजन गरेको छ । हरेक नागरिकलाई बजेट विनियोजन गर्ने हो भने जनही एक लाख १७ हजार नाै सय ५३ रुपैयाँ ३२ पैसा बजेट पर्छ ।

सरकारले चामे गाउँपालिकालाई १६ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । जहाँ एक हजार २ सय ७२ जनसंख्या छ । जनही बजेट वितरण गर्दा एक लाख ३३ हजार ४ सय ११ रुपैयाँ ९५ पैसा पर्छ ।

मनाङ निस्याङ गाउँपालिकालाई १६ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ । यहाँको जनसंख्या एक हजार पाँच सय ८४ छ । जनही बजेट वितरण गर्दा एक लाख ३ हजार ७ सय ८७ रुपैयाँ ८७ रुपैयाँ पर्छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ४ : ३८ बजे

दुई सय सात किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरीले टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका–५ बाट

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो