वातावरणमैत्री निर्माण सामग्री प्रयोगमा जाेड « Khabarhub

वातावरणमैत्री निर्माण सामग्री प्रयोगमा जाेड


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

क्याथफोर्ड इन्टरनेशल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा स्वदेशमै उत्पादित इको प्यानल प्रयोगकोबारे कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समयम आधुनिक निर्माण सामग्रीको रुपमा विकास भएको इको प्यानलका विशेषताहरूबारे सहभागी इन्जिनियरिङका विद्यार्थीहरूलाई जानकारी गराए । इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनु पर्ने उनले जोड दिए ।

इको प्यानलको उत्पादन धुलोधुँवारहित वातावरणमा क्लिन इनर्जी (बिजुली)  को मात्र प्रयोग भई बन्ने भएकोले यो पूर्ण वातारणमैत्री रहेको इन्जिनियर दुवालले बताए । कलेजको सिभिल इन्जिनियरिङ विभागका प्रमुख डा. दिनेश  सुन्कामनीले कलेजका विद्यार्थीले नयाँं प्रविधिका निर्माण सामग्रीबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै अहिलेको समयमा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड दिए ।

इको प्यानल भनेको भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा स्थायी वा अस्थायी संरचनामा प्रयोग हुने निर्माण सामग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि हुन्छ । कारखानामा पहिलानै बनाई निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसबाट तीव्र निर्माण सम्भव हुन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ५ : ११ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख