वातावरणमैत्री निर्माण सामग्री प्रयोगमा जाेड « Khabarhub

वातावरणमैत्री निर्माण सामग्री प्रयोगमा जाेड


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगसम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।

क्याथफोर्ड इन्टरनेशल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा स्वदेशमै उत्पादित इको प्यानल प्रयोगकोबारे कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समयम आधुनिक निर्माण सामग्रीको रुपमा विकास भएको इको प्यानलका विशेषताहरूबारे सहभागी इन्जिनियरिङका विद्यार्थीहरूलाई जानकारी गराए । इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकोले यसको प्रयोगबारे जनचेतना फैलाउनु पर्ने उनले जोड दिए ।

इको प्यानलको उत्पादन धुलोधुँवारहित वातावरणमा क्लिन इनर्जी (बिजुली)  को मात्र प्रयोग भई बन्ने भएकोले यो पूर्ण वातारणमैत्री रहेको इन्जिनियर दुवालले बताए । कलेजको सिभिल इन्जिनियरिङ विभागका प्रमुख डा. दिनेश  सुन्कामनीले कलेजका विद्यार्थीले नयाँं प्रविधिका निर्माण सामग्रीबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै अहिलेको समयमा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड दिए ।

इको प्यानल भनेको भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा स्थायी वा अस्थायी संरचनामा प्रयोग हुने निर्माण सामग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि हुन्छ । कारखानामा पहिलानै बनाई निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसबाट तीव्र निर्माण सम्भव हुन्छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ५ : ११ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै