सुदूरपश्चिमलाई विकासको हब बनाउन दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक : प्रधानमन्त्री देउवा « Khabarhub

सुदूरपश्चिमलाई विकासको हब बनाउन दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक : प्रधानमन्त्री देउवा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै सुदूरपश्चिम क्षेत्रको पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित सुदूरपश्चिमाञ्चल सरोकार मञ्चको साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिममा विकासका धेरै सम्भावना रहेको भन्दै प्राकृतिक स्रोतसाधनको उपयोग गर्दै पूर्वाधार तथा आर्थिक विकास गर्नुपर्ने बताएका हुन् । प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै युवाहरुलाई स्वदेशमा नै रोजगारी प्रदान गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले भौगोलिक बिकटता लगाएतका कारणले सुदूरपश्चिम पछाडी परेका कारण त्यस क्षेत्रका युवाहरु रोजगारका लागि भारत जान बाध्य भएको उनको भनाइ छ ।

त्यस्तै देउवाले सुदूरपश्चिमलाई विकासको हब बनाउनका लागि दोधरा चाँदनीमा ड्राइपोर्ट आवश्यक रहेको धारणा राखे । प्रधानमन्त्री देउवाले मुलुकमा पछिपरेका स्थानमा समान बिकासका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ५ : ०३ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी