तीन महिनाभित्र पोखराका सबै घरमा रूख रोपिने « Khabarhub

तीन महिनाभित्र पोखराका सबै घरमा रूख रोपिने


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तीन महिना भित्र महानगरका सबै घरमा एउटा रूख रोप्ने भएको छ । मेयर धनराज आचार्यले आउँदो तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोपिसक्ने घोषणा गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा उनले त्यसको सबै व्यवस्थापन मिलाउन आफूले तयारी थालिसकेको बताए ।

केही वर्षअघि सेती नदिमा आएको अप्रत्याशित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षारोपण अनिवार्य रहेको बताए । सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् । मेयर आचार्यले पोखरामा यसअघि चौतारा र पोखरी मासिएको भन्दै त्यसको क्षतिपुर्ति हुने गरी आफुले बिरुवा रोप्न र हुर्काउन पहल गर्ने दाबी गरे ।

‘विगतमा पोखरामा प्रशस्त पोखरीहरू थिए । चौतारीहरू थिए । प्रशस्त वरपिपलका बिरुवाहरू थिए, ति सबै मासिए,’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौं । अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं ।’

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ५ : १३ बजे

युरोपमा ‘नेपाल टेक रोडशो २०२६’ आयोजना हुँदै, नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्ने लक्ष्य

काठमाडौं– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास

विराटनगरमा सबैभन्दा बढी वर्षा

काठमाडौं– देशका विभिन्न भागमा स्थापना भएका  वर्षा मापन केन्द्रमध्ये सबैभन्दा

केन्द्रीय बैंक ८५ अर्बको तीन महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब रुपैयाँ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–९ भीमानबाट खैरो

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल