तीन महिनाभित्र पोखराका सबै घरमा रूख रोपिने | Khabarhub Khabarhub

तीन महिनाभित्र पोखराका सबै घरमा रूख रोपिने


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– तीन महिना भित्र महानगरका सबै घरमा एउटा रूख रोप्ने भएको छ । मेयर धनराज आचार्यले आउँदो तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोपिसक्ने घोषणा गरेका हुन् । विश्व वातावरण दिवसको अवसरमा उनले त्यसको सबै व्यवस्थापन मिलाउन आफूले तयारी थालिसकेको बताए ।

केही वर्षअघि सेती नदिमा आएको अप्रत्याशित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि वृक्षारोपण अनिवार्य रहेको बताए । सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् । मेयर आचार्यले पोखरामा यसअघि चौतारा र पोखरी मासिएको भन्दै त्यसको क्षतिपुर्ति हुने गरी आफुले बिरुवा रोप्न र हुर्काउन पहल गर्ने दाबी गरे ।

‘विगतमा पोखरामा प्रशस्त पोखरीहरू थिए । चौतारीहरू थिए । प्रशस्त वरपिपलका बिरुवाहरू थिए, ति सबै मासिए,’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्ने छौं । अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं ।’

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ५ : १३ बजे

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध