भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौतामा हस्ताक्षर « Khabarhub

भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौतामा हस्ताक्षर


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच सिन्धु नदीको पानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिन्धु नदीबारे वार्ता गर्न भारत पुगेको पाकिस्तानी टोली र भारतीय पक्षबीच यसबारे सम्झौता भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सम्झौता स्थायी सिन्धु आयोगको ११८ औं बैठकमा तय गरिएको जनाइएको छ । भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुई पक्षबीच मैत्रिपूर्ण एवम् सौहाद्र्रपूर्ण वातावरणमा वार्ता भएको उल्लेख गरेको छ ।

वार्तामा भारतीय पक्षको नेतृत्व भारतीय सिन्धु जल आयुक्त एके पाल र पाकिस्तानी पक्षको नेतृत्व पाकिस्तानी जल आयुक्त सइद मुहम्मद मेहर अली शाहले गरेको जनाइएको छ ।

यससँगै दुबै पक्षले आगामी वार्ता पाकिस्तानमा आयोजना गर्ने सहमति समेत जनाएको एएनआईले जनाएको छ । यद्यपि आगामी वार्ताको मिति भने तय हुन बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : २३ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी