असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ « Khabarhub

असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचनको कारण देखाउदै प्रदर्शन रोकिएको फिल्म ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्मको निर्देशन निमेष प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको फिल्ममा पूजा-आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ र सिसिर राणाको अभिनय छ ।  

दार्जिलिङ, सिल्गुढी र सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियाग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । फिल्मको यसअघि ‘परेलीमा लुकाउँछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ । 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : २१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५