असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ | Khabarhub Khabarhub

असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय निर्वाचनको कारण देखाउदै प्रदर्शन रोकिएको फिल्म ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म ३१ असारमा देशभरका सिनेमा हलमा प्रदर्शन हुनेछ । निर्माता अद्वितीय प्रधानले ‘सम्झना–बिर्सना’ असार ३१ मा प्रदर्शन हुने जानकारी दिएका छन् । पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्मको निर्देशन निमेष प्रधानले गरेका हुन् । अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधान निर्माता रहेको फिल्ममा पूजा-आकाशका साथमा सुनील थापा, छुल्ठिम गुरुङ र सिसिर राणाको अभिनय छ ।  

दार्जिलिङ, सिल्गुढी र सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्म आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको फिल्मको संवाद लेखनमा उनलाई अभिनेता राणाले सघाएका छन् । शिब ढकालले खिचेको फिल्मका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियाग्राफी र तारा थापा ‘किम्भे’ को सम्पादन छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् । फिल्मको यसअघि ‘परेलीमा लुकाउँछु’ बोलको गीत दर्शकमाझ आइसकेको छ । 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : २१ बजे

पाल्पामा आज सिन्दुर जात्रा

तानसे– नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक

विपन्नलाई निःशुल्क दाँतको ‘इम्प्लान्ट’

चितवन–  यहाँको डा अजय एण्ड डा सरु फाउन्डेसन र बायोहोराइजनको सहयोगमा

प्रि-ओपन सेसन अपडेड : नेप्से झिनो अंकले बढ्यो

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले

शिव श्री हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने 

काठमाडौं– शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको

सुनको मूल्य तोलामै ७०० रुपैयाँले घट्यो, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न