'दोख' ट्रेलरमा जनयुद्धको घटनाक्रम र परिदृश्य (भिडियो) | Khabarhub Khabarhub

‘दोख’ ट्रेलरमा जनयुद्धको घटनाक्रम र परिदृश्य (भिडियो)


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयको पर्खाइ पश्चात प्रदर्शन तय गरेको फिल्म  ‘दोख’ को ट्रेलर सार्वजनिक भएको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् ।  १ मिनेट ४८ सेकेन्डको टिजरमा माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको छ । द्वन्द्वकालमा सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई फिल्ममा देखाइएको निर्देशक बरालले बताएका छन् । यो फिल्म निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको हो ।

आउँदो महिना असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २०७२ साल देखि नै निर्माणमा छ । भुइँचालोकै समयतिर बनाउन सुरू गरिएको फिल्मको छायांकन भुइँचालो गएपछि केही सयम रोकिएको थियो। कहिले भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण फिल्म प्रदर्शनमा आउने समय धर्किँदै गएको फिल्मले अन्ततः प्रदर्शन तय गरेको हो ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको बताउँछन् । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाँई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । केही समय अगाडि फिल्ममा समावेश ओएसटी सार्वजनिक गरिएको थियो । जसमा श्रवण मुकारुङको शब्द, झुमा लिम्बुको स्वर र पुष्पा संगमको संगीत रहेको छ। यसमा आभास र पुष्प संगमको संगीत समावेश छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । फिल्म वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : २७ बजे

काठमाडौँ पूर्ण खोपयुक्त जिल्ला घोषणा

काठमाडौं– काठमाडौँ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।

अर्थसंक्षेप : बजेटप्रति प्रचण्डको आक्रोश, पुँजीगत खर्चको अवस्था दयनीय, मधेशको बजेट पारित र ३५ अंकले घट्यो बजार

‘आम्दानीको स्रोतसम्बन्धी व्यवस्था लचिलो हुनुपर्छ, नत्र सचिवले पनि घर किन्न

विकास भएको छैन भन्नु भ्रम हो : महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकासका  काम धेरै

भारतीय मन्त्री भन्छन्- कालादान परियोजना २०२७ देखि सञ्चालनमा आउँछ

काठमाडौं- भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवालले कालादान परियोजना सन् २०२७

खानेपानी समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाद्धारा अनुगमन

वीरगञ्ज– जलवायु परिवर्तनको प्रतिकूल असरले तराई–मधेस क्षेत्रमा गहिरिँदो खानेपानी अभावलाई