‘दोख’ ट्रेलरमा जनयुद्धको घटनाक्रम र परिदृश्य (भिडियो) « Khabarhub

‘दोख’ ट्रेलरमा जनयुद्धको घटनाक्रम र परिदृश्य (भिडियो)


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लामो समयको पर्खाइ पश्चात प्रदर्शन तय गरेको फिल्म  ‘दोख’ को ट्रेलर सार्वजनिक भएको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् ।  १ मिनेट ४८ सेकेन्डको टिजरमा माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई प्रस्तुत गरिएको छ । द्वन्द्वकालमा सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलोको कथालाई फिल्ममा देखाइएको निर्देशक बरालले बताएका छन् । यो फिल्म निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको हो ।

आउँदो महिना असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २०७२ साल देखि नै निर्माणमा छ । भुइँचालोकै समयतिर बनाउन सुरू गरिएको फिल्मको छायांकन भुइँचालो गएपछि केही सयम रोकिएको थियो। कहिले भुइँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण फिल्म प्रदर्शनमा आउने समय धर्किँदै गएको फिल्मले अन्ततः प्रदर्शन तय गरेको हो ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक बनको मुद्दालाई लिएर दुईवटा गाउँबीचको किचलो देखाएको बताउँछन् । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाँई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । केही समय अगाडि फिल्ममा समावेश ओएसटी सार्वजनिक गरिएको थियो । जसमा श्रवण मुकारुङको शब्द, झुमा लिम्बुको स्वर र पुष्पा संगमको संगीत रहेको छ। यसमा आभास र पुष्प संगमको संगीत समावेश छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । फिल्म वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : २७ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्