काठमाडौँ– आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विचार र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ ।
आज बसेको (लोसपा)को कार्यकारिणी समितिको बैठले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । ‘विचार र मुद्दा मिल्नेहरूसँग तालमेल गरेर अघि बढ्न पार्टी खुला भएको छ’ कार्यकारिणी सदस्य केशव झाले भने ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्ता बारे जानकारी गराएका थिए । आफूहरूको माग र मुद्दा सम्बोधन गर्नका लागि सरकारसँग सरकार तयार रहेको उनले जानकारी दिए । गठबन्धन सरकारसँग (लोसपा)ले नागरिकता विधेयक लगायतका विषयमा आफ्ना मागहरू राख्दै आएको छ ।
प्रतिक्रिया