रामचन्द्र पौडेललाई सिर्जना सिंहको जवाफ- गोरखामा जेल पर्दा गरेको सहयोग बिर्सिनुभयो ? « Khabarhub

रामचन्द्र पौडेललाई सिर्जना सिंहको जवाफ- गोरखामा जेल पर्दा गरेको सहयोग बिर्सिनुभयो ?


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई जवाफ दिएकी छिन् ।

नेता पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको बताएका थिए ।

उनले नेतृत्वले वंशवादको आधारमा उम्मेदवार बनाएकाका कारण जनताले त्यसको सजाय दिएको टिप्पणी गरेका थिए । प्रकाशमान सिंहकी श्रीमती रहेकी नेतृ सिर्जना सिंहले नेता पौडेलको टिप्पणीको जवाफ सामाजिक सञ्जाल ट्विटरमार्फत् दिएकी हुन् ।

ट्विटरमा उनले लेखेकी छिन्, ‘ मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नु भएको, थाहापाउनु भएको, (हामी छिमेकी जिल्लावासी) । मेरो बिहेअघि तपाई गोरखामा जेल पर्नुहुदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई ?’ उनले लेखेकी छिन्, ‘यो कुरा तपाईंको मुखबाट आउँदा अली सुहाएन की दाई ।’

 

स्थानीय तहको निर्वाचनमा सिंहले ३८३४१ मत ल्याउँदै दोश्रो भएकी थिइन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ५२ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ