रामचन्द्र पौडेललाई सिर्जना सिंहको जवाफ- गोरखामा जेल पर्दा गरेको सहयोग बिर्सिनुभयो ? « Khabarhub

रामचन्द्र पौडेललाई सिर्जना सिंहको जवाफ- गोरखामा जेल पर्दा गरेको सहयोग बिर्सिनुभयो ?


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदमा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेललाई जवाफ दिएकी छिन् ।

नेता पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको बताएका थिए ।

उनले नेतृत्वले वंशवादको आधारमा उम्मेदवार बनाएकाका कारण जनताले त्यसको सजाय दिएको टिप्पणी गरेका थिए । प्रकाशमान सिंहकी श्रीमती रहेकी नेतृ सिर्जना सिंहले नेता पौडेलको टिप्पणीको जवाफ सामाजिक सञ्जाल ट्विटरमार्फत् दिएकी हुन् ।

ट्विटरमा उनले लेखेकी छिन्, ‘ मेरो राजनीतिक यात्रा प्रकाशमानले भन्दा तपाईंले पैला चिन्नु भएको, थाहापाउनु भएको, (हामी छिमेकी जिल्लावासी) । मेरो बिहेअघि तपाई गोरखामा जेल पर्नुहुदाको समयमा मेरो साथ र सहयोग बिर्सनु भएको हो दाई ?’ उनले लेखेकी छिन्, ‘यो कुरा तपाईंको मुखबाट आउँदा अली सुहाएन की दाई ।’

 

स्थानीय तहको निर्वाचनमा सिंहले ३८३४१ मत ल्याउँदै दोश्रो भएकी थिइन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ५२ बजे

बाँकेमा थपिए तीन हजार ७७६ मतदाता

नेपालगञ्ज– निर्वाचन आयोगले मतदाता परिचयपत्र दर्ताका लागि आह्वान गरेपछि बाँकेमा

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा