प्रदीप लेख्छन्, ‘कला र कलाकारिता प्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ’ « Khabarhub

प्रदीप लेख्छन्, ‘कला र कलाकारिता प्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ’


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदीप खड्का अहिले चर्चामा छन् । उनलाई पछिल्लो फिल्म ‘प्रकाश’ ले चर्चामा ल्याउने कार्य गरिरहेको छ । किनकी प्राय चकलेटी लुक्समा देखिँदै आइरहेका प्रदीप यसमा भने फरक छन् । स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यसपटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ ।

उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको संवत पहिलो हो । किनकी यस अगाडी आफ्नो भूमिकालाई लिएर समीक्षकबाट उनले चर्चा बटुल्न सकेका छैनन् । पोस्टर र टिजर सार्वजनिक भइसकेपछि प्रदीपले सामाजिक सञ्जाल मार्फत कला र कलाकारितालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताएका छन् । उनले आफ्नै कलाकारिताको शैलीमा आएको परिवर्तनलाई महसुस गरेको प्रस्ट्याएका हुन् । 

‘मेहनत र कला प्रतिको इमान्दारीतामा विश्वास राख्दै यस क्षेत्रमा केही स्थान बनाउन गरेको सङ्घर्षको एउटा नतिजा प्रकाश हो’ प्रदीप लेख्छन्, ‘एउटा पात्रमार्फत सम्पूर्ण कथा नै जीवन्त हुन सक्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पात्रलाई न्याय गर्न उसको वस्तुस्थितिदेखि भावनाहरू समेतलाई बुझ्ने हेतुले मैले जुम्लेली लवज सिक्नेदेखि पात्र अध्ययनका लागि कार्यशालामा कयौं दिन बिताएको छु ।’

‘फिल्मको सार्वजनिक सामाग्रीले पाएको प्रतिक्रियाले मेहनती भएकोमा कतै दुख लागेको छैन । उत्साहित छौँ’ प्रदीपले लेखेका छन् । उनले यही सिलसिलामा एउटा कलाकारले पात्र र कलाकारितालाई बुझ्ने चेतना नै फरक भएको उल्लेख छन् ।  दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्मको यस अगाडि सार्वजनिक टिजरले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको बुझ्न सकिन्छ । जहाँ आमा र छोराको इमोसन प्रस्तुत गरिएको छ ।

आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्मको यसअघि फस्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । जुम्लामा छायांकन भएको फिल्मले त्यहाँको परिवेशलाई टिपेको छ । यसमा प्रदिप र दियासँगै रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ५० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच