ओपनरद्वय घाइते भएपछि विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल अमेरिका जाँदै « Khabarhub

ओपनरद्वय घाइते भएपछि विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल अमेरिका जाँदै


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेललाई अमेरिका पठाउने निर्णय गरेको छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गतको सिरिजका लागि अमेरिकामा भएको नेपाली टोलीका ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल घाइते भएसँगै क्यानले खकुरेललाई पठाउने निर्णय गरेको हो ।

९ जुनमा लिग २ अन्तर्गतको अमेरिकाविरुद्ध पहिलो खेलमा शेख र भुर्तेलको अनुपस्थित हुनसक्ने सम्भावनाका कारण खकुरेललाई पठाउने क्यानले जनाएको छ ।

काठमाडौँमा भएको अभ्यास खेलमा खकुरेलको ब्याटिङ र विकेटकिपिङको सन्तोषजनक प्रस्तुतिलाई मध्यनजर गर्दै टोली व्यवस्थापन समितिले सो निर्णय लिएको हो ।

लिग २ अगाडि खेलेको २ अभ्यास खेलमध्ये पहिलोमा नेपाली अलस्टार्ससँगको खेलमा नेपाली टोली ४ विकेटले पराजित भएको थियो । यस्तै, शनिबार राति भएको दोस्रो अभ्यास खेलमा नेपाली टोलीले ह्युस्टन हरिकेन्सलाई २९ रनले पराजित गरेको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ५९ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६