पुष्पाको भिलेन नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा « Khabarhub

पुष्पाको भिलेन नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गतवर्ष नेपालमा समेत साउथ इन्डियन फिल्मको दर्शक बढाउन सफल भएको भारतीय फिल्म ‘पुष्पा’ को भिलेन सुनिल वर्माले नेपाली फिल्ममा अभिनय गर्ने भएका छन् । दक्षिण भारतीय फिल्मसँगै बलिउडमा समेत पछिल्लो समय चर्चामा रहेका सुनिलले नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गर्ने भएका छन् । फिल्ममा सुनिलको अभिनय रहने फिल्मकी निर्मात्री तथा कलाकार नीता ढुंगानाले पुष्टि गरेकी छिन् । 

सुनिलजीले हाम्रो फिल्ममा अभिनय गर्ने तय भएको छ । उहाँलाई नेपाली फिल्ममा अभिनय गराउन पाउने खबर खुशी साथ सार्वजनिक गर्दैछौँ’ नीताले भनिन् । यस्तै फिल्मलाई भारतीय डिरेक्टर अफ फोटोग्राफी कबीर लालले खिच्नेछन् । फिल्ममा ‘गजनी’ का भिलेन प्रदीप सिंह रावतको पनि अभिनय रहने छ । फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने भएकोले भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताए । ‘फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

फिल्मको छायांकन भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । हालै फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हरिहरले बताए । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो । बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् । निता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्ने फिल्म ‘ह्रस्व दीर्घ’ मा भारतीय प्राविधिकसँगै चिनिएका कलाकारहरु रहने निर्देशक पन्तले बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : १५ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको